Kathmandu Press

प्रधानमन्त्रीविरुद्ध विद्यार्थीहरुको ह्यासट्याग अभियान

काठमाडौं, जेठ २५ : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध माधव नेपाल पक्षका विद्यार्थीले सामाजिक सञ्जालमा ह्यासट्याग अभियान सुरु गरेका छन्।निषेधाज्ञाका...
प्रधानमन्त्रीविरुद्ध विद्यार्थीहरुको ह्यासट्याग अभियान

काठमाडौं, जेठ २५ : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध माधव नेपाल पक्षका विद्यार्थीले सामाजिक सञ्जालमा ह्यासट्याग अभियान सुरु गरेका छन्।

निषेधाज्ञाका कारण सडकमा उत्रेर प्रदर्शन गर्न असम्भव भएपछि विद्यार्थीले सामाजिक संजालबाटै ह्यासट्याग अभियान चलाएका हुन्।

नेपाल पक्षीय अनेरास्ववियुकी महासचिव आरती लामाले कोरोना महामारीका कारण सडकमा एकजुट भएर प्रदर्शन गर्न सक्ने अवस्था नरहेकाले सामाजिक सञ्जालमार्फत रचनात्मक तरिकाले विरोध सुरु गरिएको जानकारी दिइन्।

प्रतिनिधिसभा विघटनदेखि मन्त्रिमण्डल पुनर्गठनसम्मका ओलीका कदमको विरोधमा यो अभियान चलाइएको लामाले जानकारी दिइन्।

प्रकाशित मिति: ११:५६ बजे, मंगलबार, जेठ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्