Kathmandu Press

सुदूरपश्चिम प्रदेश सभाको बैठक सुरु

सुदूरपश्चिम प्रदेश सभामा ५२ सदस्य छन्। मुख्यमन्त्री भट्टलाई विश्वासको मत प्राप्त गर्न २७ मत चाहिन्छ।
सुदूरपश्चिम प्रदेश सभाको बैठक सुरु

धनगढी, जेठ २५ : सुदूरपश्चिम प्रदेश सभाको बैठक सुरु भएको छ । प्रदेशसभा बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले आफूलाई विश्वासको मत दिन प्रस्ताव गर्ने छन्।

नेकपा एमालेको माधव नेपाल पक्षले विश्वासको मतको पक्षमा मत दिने निर्णय गरेको छ। कांग्रेसको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले पनि मुख्यमन्त्री भट्टलाई विश्वासको मत लिन आफूको मत आवश्यक परे दिने निर्णय गरेको छ । 

सुदूरपश्चिम प्रदेश सभामा ५२ सदस्य छन्। यहाँ मुख्यमन्त्री भट्टलाई विश्वासको मत प्राप्त गर्न २७ मत चाहिन्छ। प्रदेशसभामा मुख्यमन्त्री भट्टको दल नेकपा माओवादी केन्द्रका १३ सांसद मात्र छन् । प्रदेशसभाको सबैभन्दा ठुलो दल एमालेका २५ सांसद छन् ।

प्रकाशित मिति: ११:०३ बजे, मंगलबार, जेठ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्