Kathmandu Press

सुदूरपश्चिममा कांग्रेसले मुख्यमन्त्री भट्टलाई मत दिने

काठमाडौं, जेठ २५ : विश्वासको मत दिने तयारीमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई सहयोग गर्ने निर्णय नेपाली कांग्रेसले गरेको छ । कांग्रेसको...
सुदूरपश्चिममा कांग्रेसले मुख्यमन्त्री भट्टलाई मत दिने

काठमाडौं, जेठ २५ : विश्वासको मत दिने तयारीमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई सहयोग गर्ने निर्णय नेपाली कांग्रेसले गरेको छ । कांग्रेसको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री भट्टलाई विश्वासको मत लिन आफूको मत आवश्यक परे दिने निर्णय गरेको हो।

माओवादी केन्द्रका मुख्यमन्त्री भट्टले आजै प्रदेशसभामा विश्वासको मत लिँदै छन् । त्यसअघि बसेको कांग्रेस संसदीय दलको बैठकले सदनभित्रको अवस्था हेरेर निर्णय लिने निर्णय गरेको हो।

‘सरकारलाई समर्थन गरेको एमाले र माओवादीको मतले मुख्यमन्त्रीले विश्वासको मत नपाउने अवस्था आएमा कांग्रेसले पनि मत दिने छ,’ कांग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीय दल सचेतक टेकबहादुर रैकाले भन्, ‘मत नचाहिएको अवस्थामा कांग्रेसले तटस्थ बस्ने निर्णय भएको छ।’

प्रकाशित मिति: १०:५३ बजे, मंगलबार, जेठ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्