Kathmandu Press

जंगली बदेलको मासुसहित तीन युवक पक्राउ

महेन्द्रनगर, जेठ २५ : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारबाट जंगली बँदेलको मासुसहित तीन युवक पक्राउ परेका छन्।बेदकोट नगरपालिका–६ का दिनेश चौधरी, शुक्लाफाँटा नगरपालिका–११ का...
जंगली बदेलको मासुसहित तीन युवक पक्राउ

महेन्द्रनगर, जेठ २५ : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारबाट जंगली बँदेलको मासुसहित तीन युवक पक्राउ परेका छन्।

बेदकोट नगरपालिका–६ का दिनेश चौधरी, शुक्लाफाँटा नगरपालिका–११ का विशाल टमटा र टिपर चालक मानबहादुर सुनारलाई बदेलको मासुसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए। ना १ ख ५७७२ नम्बरको टिपरमा बँदेलको मासु राखेर लग्दै गर्दा पक्राउ गरिएको उनले बताए।

पक्राउ परेका तीनैजनामाथि अनुसन्धान सुरु गरेको क्षेत्रीले बताए। टिपरसहित तीनैजनालाई आवश्यक कारवाहीका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बुझाइने बताइएको छ।

प्रकाशित मिति: ०८:५३ बजे, मंगलबार, जेठ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्