Kathmandu Press

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

धनगढी, जेठ २५ : नेकपा माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले आज प्रदेश सभा बैठकमा विश्वासको मत लिने प्रस्ताव राख्दैछन्।उक्त प्रस्तावको...
सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

धनगढी, जेठ २५ : नेकपा माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले आज प्रदेश सभा बैठकमा विश्वासको मत लिने प्रस्ताव राख्दैछन्।

उक्त प्रस्तावको विरूद्ध मतदान गर्न नेकपा एमालेले निर्देशन जारी गरेको छ। एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ह्वीप जारी गर्न पार्टी संसदीय दललाई निर्देशनसमेत दिएको छ।

एमाले प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाश शाह र प्रमुख सचेतक दुर्गा विकलाई मुख्यमन्त्री भट्टले राखेको प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप लगाउने निर्देशनसहित पत्र पठाएका छन्।

सुदूरपश्चिम प्रदेश सभामा ५२ सदस्य छन्। यहाँ मुख्यमन्त्री भट्टलाई विश्वासको मत प्राप्त गर्न २७ मत चाहिन्छ।

नेकपा एमालेका २४ जना सदस्य छन्। नेकपा माओवादीका १३ जना छन्। नेपाली कांग्रेसका १२ जना र जनता समाजवादी पार्टी जसपा नेपालका दुई जना प्रदेश सभा सदस्य छन्। 

एमालेका २४ मध्ये ९ जना प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा छन् भने बाँकी माधवकुमार नेपाल पक्षमा छन्। नेपाल पक्षका सांसदले फ्लोर क्रस गरी मत दिएमा भट्टले विश्वासको मत जुटाउन सक्छन्।

कांग्रेसले मुख्यमन्त्री भट्टलाई विश्वासको मतको प्रस्तावमा पक्ष वा विपक्षमा मतदान गर्नेबारे खुलाएको छैन। जसपाले पनि पार्टीभित्र केन्द्रमा विबाद रहेकोले के गर्ने भन्ने निर्णय गरिसकेको छैन। जसपाका दुई जना प्रदेश सभा सदस्य नै अध्यक्ष महन्थ ठाकुरनिकटका हुन्। (रासस)

प्रकाशित मिति: ०६:३६ बजे, मंगलबार, जेठ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्