मोदीको घोषणा : ८० करोड नागरिकलाई सित्तैमा खानेकुरा, १८ वर्ष माथिकालाई निःशुल्क खोप
काठमाडौं, जेठ २४ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउने नोभेम्बरसम्ममा ८० करोड नागरिकलाई सित्तैमा खानेकुरा दिने घोषणा गरेका छन्।सोमबार साँझ देशवासीका नाममा सम्बोधन...
काठमाडौं, जेठ २४ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउने नोभेम्बरसम्ममा ८० करोड नागरिकलाई सित्तैमा खानेकुरा दिने घोषणा गरेका छन्।
सोमबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै मोदीले कोरोनालाई पछिल्लो शताब्दीको सबैभन्दा ठूलो महामारी भएको भन्दै गरीब कल्याण योजनाअनुसार दिइँदै आएको निःशुल्क रासनको समयावधि बढाउने घोषणा गरेका हुन् । उनले महामारीको यो बेला सरकार गरिबको साथमा रहेको दाबी समेत गरे ।
यसअघि सन् २०२० को अक्टोबरमा मोदीले महामारीमा भारतले १५ खर्ब भारतीय रुपैयाँबराबरको रासन ८० करोड गरीब नागरिकहरुलाई निःशुल्क वितरण गरिने घोषणा गरेका थिए ।
यस्तै उनले जुन २१ देखि १८ वर्षमाथिका सबै भारतीयलाई केन्द्र सरकारले निः शुल्क कोरोनाभाइरसविरूद्धको खोप पनि उपलब्ध गराउन घोषणा पनि गरे ।
अहिलेसम्म भारतमा २३ करोड डोजभन्दा धेरै कोरोना खोप मानिसहरुलाई दिइसकेको जानकारी पनि उनले गराए ।











