Kathmandu Press

निषेधाज्ञाको उल्लंघन गर्ने भाटभटेनीलाई ४ लाख जरिवाना तिराउने आदेश 

काठमाडौं, जेठ २४ : निषेधाज्ञाको उल्लंघन गरी सामान बिक्री गर्ने भाटभटेनी सुपरमार्केटको कोटेश्वर शाखालाई चार लाख रुपैयाँ जरिवाना तिराउने आदेश दिएको छ ।काठमाडौंका...
निषेधाज्ञाको उल्लंघन गर्ने भाटभटेनीलाई ४ लाख जरिवाना तिराउने आदेश 

काठमाडौं, जेठ २४ : निषेधाज्ञाको उल्लंघन गरी सामान बिक्री गर्ने भाटभटेनी सुपरमार्केटको कोटेश्वर शाखालाई चार लाख रुपैयाँ जरिवाना तिराउने आदेश दिएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले निषेधको आदेश उल्लंघन गरेर दिउँसो पसल खोल्ने भाटभटेनीको कोटेश्वर शाखालाई जरिवाना तिराउने आदेश दिएका हुन्। सरकारले केहीअघि जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ मा आदेश उल्लंघन भए प्रमुख जिल्ला अधिकारीले जरिवाना तिराउन सक्ने उल्लेख छ ।

त्यही प्रावधानअनुसार भाटभटेनीलाई जरिवाना तिराउने आदेश गरिएको हो। सोमबार दिउँसो सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी नेतृत्वको टोली छड्के जाँचका लागि कोटेश्वरस्थित भाटभटेनी पुग्दा दिउँसो पनि सामान बिक्री गरेको पाइएको थियो । यस्तै स्टोरबाट प्रहरीले म्यानेजर सागर गुरुङलाई पनि पक्राउ गरेको थियो ।

उनलाई प्रशासनको आदेशमा छोडिएको प्रहरीले जनाएको छ। व्यक्तिले आदेशको उल्लंघन गरे एक लाख र संस्थाले गरे ५ लाख रुपैयाँसम्म जरिवाना तिराउन सक्ने व्यवस्था सहित केहि दिनअघि अध्यादेश जारी भएको थियो । 

प्रकाशित मिति: १९:४० बजे, सोमबार, जेठ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्