Kathmandu Press

थपिए ४४७२ संक्रमित, ६९५१ जना संक्रमणमुक्त, ९२ को मृत्यु

सोमबार १२ हजार २ पीसीआर र ५ हजार ९०१ जनाको एन्टीजेन परीक्षणमा ४ हजार ४ सय ७२ जनामा संक्रमण पुष्टि भएको हो।
थपिए ४४७२ संक्रमित, ६९५१ जना संक्रमणमुक्त, ९२ को मृत्यु

काठमाडौं, जेठ २४ : पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४ सय ७२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

सो अवधिमा १२ हजार २ पीसीआर र ५ हजार ९ सय १ जनाको एन्टीजेन परीक्षणमा ४ हजार ४ सय ७२ जनामा संक्रमण पुष्टि भएको हो।

सोमबार ६ हजार ९ सय ५१ संक्रमणमुक्त भएका छन् भने ९२ जना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा ६ लाख ६ हजार १ सय ५५ जना संक्रमित भइसकेका छन्  भने ४ लाख ९७ हजार ९ सय ६० जना निको भएका छन्।

यस्तै ७ हजार ९ सय ९० संक्रमितको मृत्यु भएको छ। अहिले ८५ हजार ५ सय ४४ जना संक्रमित आइसोलेसनमा छन्।

प्रकाशित मिति: १७:१६ बजे, सोमबार, जेठ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्