प्रदेश ५ को योजना आयोगको उपाध्यक्षमा गौतम नियुक्त
बुटवल, असार ९ : प्रदेश नम्बर ५ को योजना आयोगको उपाध्यक्षमा व्यवस्थापन विज्ञ प्राध्यापक डा. इश्वर गौतम नियुक्त भएका छन्।
मन्त्रिपरिषदको....
बुटवल, असार ९ : प्रदेश नम्बर ५ को योजना आयोगको उपाध्यक्षमा व्यवस्थापन विज्ञ प्राध्यापक डा. इश्वर गौतम नियुक्त भएका छन्।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले डा. गौतमलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए।
प्रदेश योजना आयोगको उपाध्यक्षबाट डा प्रकाशकुमार श्रेष्ठले दिएको राजीनामा स्वीकृत गरी गौतमलाई नियुक्त गरिएको प्रवक्ता चौधरीले बताए। श्रेष्ठले गत जेठ १४ योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिएका थिए।
पाल्पाको कुसुमखोलामा विसं २०१६ मा जन्मिएका गौतमले श्रम व्यवस्थापन विषयमा विद्यावारिधि गरेका छन्। बुटवलको लुम्बिनी वाणिज्य क्याम्पस स्थापनाकालदेखि अध्यापन गरेका गौतमले पटक-पटक गरेर झण्डै २२ वर्ष क्याम्पस प्रमुखको जिम्मेवारी निर्वाह गरेका थिए।






