Kathmandu Press

ओलीको ६ बुँदे प्रस्तावको लिखित जवाफ दिने तयारीमा नेपाल समूह

काठमाडौं, जेठ २४ : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टी एकताका लागि गरेको आह्वानको लिखित जवाफ...
ओलीको ६ बुँदे प्रस्तावको लिखित जवाफ दिने तयारीमा नेपाल समूह

काठमाडौं, जेठ २४ : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टी एकताका लागि गरेको आह्वानको लिखित जवाफ दिने भएको छ।

हिजो (आइतबार) मात्र ओलीले पार्टीलाई जेठ ३ भन्दा पूर्वको अवस्थाबाट अघि बढाउनेसहित ६ बुँदे प्रस्ताव प्रस्तुत गरेका थिए। हरेका बुँदाको उत्तर लेखेर बुझाउने तयारी भएको नेपाल समूहका एक नेताले बताए।

आज (सोमबार) माधव नेपाल समूहका नेताहरूको छलफल भइरहेको छ। अध्यक्ष ओलीबाट प्रस्ताव इमान्दारीपूर्वक एकताको पक्षमा ल्याइएको भन्नेमा नेपाल समूह सशंकित बनेको छ।

हरेक बुँदामा गहन रूपमा खण्डन गर्ने र  जबाफ लेखेर बुझाउने तयारी भइरहेको स्रोतले जनाएको छ।

प्रकाशित मिति: १४:५५ बजे, सोमबार, जेठ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्