प्रधानमन्त्री ओलीले मेरो कारणले नेकपा एकता असफल भएको भन्नु झुट र भ्रामक : प्रचण्ड
काठमाडौं, जेठ २४ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीले नेकपा एकता प्रयास असफल हुनुमा आफूलाइृ दोषी देखाएपछि त्यसको प्रतिवाद...
काठमाडौं, जेठ २४ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीले नेकपा एकता प्रयास असफल हुनुमा आफूलाइृ दोषी देखाएपछि त्यसको प्रतिवाद गरेका छन्।
सोमबार सामाजिक सञ्जाल ट्विटरमार्फत उनले ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्नु झुट, भ्रामक र षड्यन्त्रपूर्ण रहेको उल्लेख गरेका छन्।
‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ,’ ट्विटरमा प्रचण्डले लेखेका छन्, ‘त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु।’
आइतबार ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई एमाले एकताको आह्वान गर्दै प्रस्तुत गरेको प्रस्तावमा सर्वोच्च अदालतले अलग हुने फैसला गरेपछि पनि आफूले अध्यक्ष हुनुको नाताले माओवादी केन्द्रसँग एकताको प्रस्ताव गरेको तर प्रचण्डको अनिच्छाका कारण आफ्नो प्रयास सफल हुन नसकेको भनी उल्लेख गरेका थिए।











