प्रचण्डले भेटे सभापति देउवा र वरिष्ठ नेता नेपाल
काठमाडौं, जेठ २४ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (सोमबार) एमाले वरिष्ठ नेता माधव नेपाल र कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका...
काठमाडौं, जेठ २४ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (सोमबार) एमाले वरिष्ठ नेता माधव नेपाल र कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्।
नेता नेपाललाई भेट्न बिहान ११ बजेतिर कोटेश्वरस्थित नेपाल निवास पुगेको बताइएको छ। नेता नेपालसँग करिब १० मिनेटको भेटघाटपछि उनी सिधै सभापति देउवालाई भेट्न बुढानीलकण्ठ गएको स्रोतले जनाएको छ। देउवा निवासमा दुई नेताबीच करिब २० मिनेट कुराकानी गरेको बताइएको छ।
भेटवार्तामा के विषयमा छलफल भयो भनी केही खुलेको छैन। तर पछिल्लो समयमा विकसित राजनीति गतिविध, समसामयिक घटनाक्रम र सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाबारे छलफल भएको आँकलन गरिएको छ।
प्रकाशित मिति: १३:४३ बजे, सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











