संघीय संसद पनि छिट्टै ‘पेपरलेश’ हुन्छ : मन्त्री पण्डित
काठमाडौं, असार ९ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संघीय संसदलाई पनि पेपशरलेश बनाउने तयारी भइरहेको बताएका छन्।
काठमाडौं, असार ९ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संघीय संसदलाई पनि पेपशरलेश बनाउने तयारी भइरहेको बताएका छन्।
रिपोर्टर्स क्लब नेपालले सोमबार गरेको साक्षात्कारमा मन्त्री पण्डितले मन्त्रिपरिषद् पेपरलेश भइसकेकाले अब छिट्टै संघीय संसद पनि पेपरलेश हुने बताएका हुन्।
पेपरलेश क्याविनेट बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुलाई ल्यापटप दिएको सुनाउँदै पण्डितले भने,‘मन्त्रिपरिषद पेपेरलेस भएर अघि बढेको छ। प्रधानमन्त्रीज्यूले एक महिनाभित्र यदि नियुक्त भएका मन्त्रीहरुले पेपेरलेश क्याबिनेटमा जान्नुभएन भने, ल्यापटप र मन्त्री पद पनि उपहार दिएर विदा गर्ने भन्नुभएको थियो। अहिले पेपरलेश छ।’
सकारी गाडीको दुरुपयोग रोक्नको लागि आफैले ०७१ सालमा ट्रयाकिङ प्रणाली सञ्चालनमा ल्याउन खोजेको स्मरण गराउँदै निकट भविष्यमा उक्त प्रणाली लागू हुने उनको भनाइ छ।











