Kathmandu Press

रौहटहको गरुडामा प्रहरी र स्थानीयबीच झडप

राैतहट, जेठ २४ : रौतहटको गरुडामा प्रहरी टोली र स्थानीयबीच झडप भएको छ। निषेधाज्ञाको पालना गराउन खटिएको प्रहरी टोली र स्थानीयबीच सोमबार भएको...
रौहटहको गरुडामा प्रहरी र स्थानीयबीच झडप

राैतहट, जेठ २४ : रौतहटको गरुडामा प्रहरी टोली र स्थानीयबीच झडप भएको छ। निषेधाज्ञाको पालना गराउन खटिएको प्रहरी टोली र स्थानीयबीच सोमबार भएको झडपमा ६ प्रहरी घाइते भएका छन्।

गरुडा नगरपालिका ९ को गेडहिगुठी टोलमा निषेधाज्ञाको बेला चर्को लाउडस्पिकर बजाएर जन्ती जान लागेको टोलीलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको थियो। झडपमा इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी द्वारिका घिमिरेसमेत छन् ।

प्रहरी टोलीमाथि स्थानीयले घेरा हालेर आक्रमण गरेको बताइएको छ । प्रहरी टोलीमाथि आक्रमणमा संलग्न भएको भन्दै प्रहरीले २ जनालाई पक्राउसमेत गरेको छ ।

प्रकाशित मिति: १०:५७ बजे, सोमबार, जेठ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्