Kathmandu Press

पाकिस्तानमा दुई ट्रेन ठोकिँदा ३०को मृत्यु, ५० बढी घाइते

इस्लामाबाद, जेठ २४ : पाकिस्तानमा दुई ट्रेन आपसमा ठाकिँदा ३० जनाको मृत्यु भएको छ । सिन्ध प्रान्तको घोटकी जिल्लास्थित दाहार्की शहर नजिक सोमबार...
पाकिस्तानमा दुई ट्रेन ठोकिँदा ३०को मृत्यु, ५० बढी घाइते

इस्लामाबाद, जेठ २४ : पाकिस्तानमा दुई ट्रेन आपसमा ठाकिँदा ३० जनाको मृत्यु भएको छ । सिन्ध प्रान्तको घोटकी जिल्लास्थित दाहार्की शहर नजिक सोमबार मिल्लत एक्सप्रेस र सर सैयद एक्सप्रेस ट्रेन आपसमा ठोकिँदा ३० जनाको मृत्यु हुनुका साथै ५० जना भन्दा बढी घाइते भएका हुन्।
 
पाकिस्तान रेल वे प्रवक्ताका अनुसार सोमबार बिहान ३ः२५ बजे दाहार्की रेलवे स्टेशनबाट छुटेको मिल्लत एक्सप्रेसको डब्बा रेलवे ट्रयाकबाहिर निस्किएपछि विपरित दिशाबाट आएको सर सैयद एक्सप्रेस संग ठाकिँदा दुघर्टना भएको हो ।

उक्त दुर्घटना रायती र ओबारो रेलवे स्टेशनबीचको क्षेत्रमा भएको थियो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा उद्धार कार्यका लागि सेनालाई परिचालन गरिएको छ।

 

प्रकाशित मिति: १०:५० बजे, सोमबार, जेठ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्