प्रधानन्यायाधीश जबरा बिरामी परेपछि सोमबारको संवैधानिक इजलास स्थगित
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बिरामी परेपछि सोमबार संवैधानिक इजलास तोकिएको छैन ।
काठमाडौं, जेठ २४ : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बिरामी परेपछि सोमबार संवैधानिक इजलास तोकिएको छैन ।
प्रधानन्यायाधीश जबराले आफू बिरामी परेको जानकारी सर्वोच्च प्रशासनलाई दिएका छन् । प्रशासनले इजलासमा तोकिएका सबै न्यायाधीशलाई त्यसबारे सूचना दिएको सर्वोच्च स्रोतले जनाएको छ ।
प्रधानन्यायाधीश जबराले आइतबार आफूसहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलास गठन गरेका थिए ।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ७ जेठमा गरेको प्रतिनिधिसभा विघटनविरुद्ध ३० वटा रिट दर्ता भएका छन् । तिनै रिटको सुनुवाइ गर्न संवैधानिक इजलास गठन गरिएको हो ।
प्रकाशित मिति: १०:३४ बजे, सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











