एमाले सुदूरपश्चिमको प्रमुख सचेतकमा दुर्गा विक
धनगढी, जेठ २४ : नेकपा (एमाले)ले सुदूरपश्चिम प्रदेश सभामा प्रमुख सचेतकमा दुर्गाकुमारी बिकलाई चयन गरेको छ। एमाले प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहले बिकलाई प्रमुख...
धनगढी, जेठ २४ : नेकपा (एमाले)ले सुदूरपश्चिम प्रदेश सभामा प्रमुख सचेतकमा दुर्गाकुमारी बिकलाई चयन गरेको छ।
एमाले प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहले बिकलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन्। यसअघि सांसद लालबहादुर खड्का थिए। उनी मन्त्री बनेपछि बिकलाई सतेककको जिम्मेवारी दिइएको हो।
त्यस्तै, एमाले संसदीय दलले प्रदेश सभा सदस्य तारा लामा तामाङलाई प्रदेश सभाको कार्य व्यवस्था परामर्श समितिको सदस्यबाट समेत पनि हटाएको छ। यसअघि उनलाई प्रमुख सचेतकबाट हटाइएको थियो।
लामाको स्थानमा प्रमुख सचेतक बिकलाई नै प्रदेश सभामा कार्य व्यवस्था परामर्श समितिको सदस्य बनाइएको छ।
सांसद लामा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन्। त्यसैले, माधवकुमार नेपाल पक्षका संसदीय दलका नेता शाहले जिम्मेवारी खोसेको जनाएको छ। सुदूरपश्चिम संसदीय दलमा नेपाल पक्षको बहुमत रहेको छ।











