Kathmandu Press

तीन वटा प्रदेश सभा अधिवेशन आज सुरू हुँदै

काठमाडौं, जेठ २४ : आज प्रदेश १, प्रदेश २ र कर्णाली प्रदेश सभाको बजेट अधिवेशन सुरू हुँदै छ। प्रदेश १ मा बजेट अधिवेशन शुरु हुन...
तीन वटा प्रदेश सभा अधिवेशन आज सुरू हुँदै

काठमाडौं, जेठ २४ : आज प्रदेश १, प्रदेश २ र कर्णाली प्रदेश सभाको बजेट अधिवेशन सुरू हुँदै छ। 

प्रदेश १ मा बजेट अधिवेशन शुरु हुन अघि नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। नेकपा (एमाले)का मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारलाई माओवादीले समर्थन दिएको थियो। 

प्रदेश सभाको बैठक आज दिउसो २ बजे बोलाइएको छ। प्रदेश सभामा एमालेका ५१, नेपाली कांग्रेसका २१, माओवादीका १५, जसपासँग ३, राप्रपा र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग १–१ जना सदस्य छन्।

प्रदेश २ को बजेट अधिवेशन पनि आज बोलाइएको छ। बजेट अधिवेशन अघि प्रदेश २ सरकारमा पनि केही फेरबदल भएको छ। 

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर पक्षका चार मन्त्रीलाई बर्खास्त गरेका छन्। जसपामा आएको विवादका कारण भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, समाजिक विकासराज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकासराज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरणराज्यमन्त्री सुरेश मण्डललाई बर्खास्त गरिएको हो। 
प्रदेश २ मा जसपाले कांग्रेससँग मिलेर सरकार गठन गर्ने तयारी गरेको छ। 

यस्तै कर्णाली प्रदेश सभाको बैठक पनि आज दिउसो २ बजे बोलाइएको छ। बजेट अधिवेशन अघि कांग्रेस सरकारमा सहभागी भएको छ। 

आइतबार मात्रै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कांग्रेसका दुई जना सांसदलाई मन्त्री नियुक्त गरेका छन्। एमालेले समर्थन फिर्ता लिएपछि कांग्रेसले साथ दिएको हो। 

प्रकाशित मिति: ०८:२१ बजे, सोमबार, जेठ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्