ज्ञानेन्द्रकालका टीकेमन्त्रीको बेहाल सम्झौं : डा. बाबुराम भट्टराई
काठमाडौं, जेठ २४ : जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सांसदहरूलाई प्रधानमन्त्री ओली दिने मन्त्रीको लोभ नफस्न आग्रह गरेका छन्। केन्द्रमा...
काठमाडौं, जेठ २४ : जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सांसदहरूलाई प्रधानमन्त्री ओली दिने मन्त्रीको लोभ नफस्न आग्रह गरेका छन्।
केन्द्रमा जस्तै प्रदेशहरूमा पनि आफ्नो सरकार टिकाउन अन्य दलका सांसदलाई मन्त्रीको लोभ देखाउन थालेको डा. भट्टराईले जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘संघमा मालिकको सिको गर्दै प्रदेशमा ओलीभक्त बुढा बाघहरू हातमा मन्त्रीपदको बाला लिएर लोभी बटुवाको शिकार गर्न उद्यत भैरहेछन्।’
उनले यसमा नझुक्किन सांसदहरुलाई खबरदारी गरेका छन्। डा. भट्टराईले भनेका छन्, ‘खबरदार, नझुक्किऊॅ! भोक लाग्यो भन्दैमा अखाद्यवस्तु खान हुन्न! विष गुलियोमा मिसाएरै ख्वाइन्छ। पञ्चायतको अन्तिम दिनका वा ज्ञानेन्द्रकालका टीकेमन्त्रीको बेहाल सम्झौं!’
संघमा मालिकको सिको गर्दै प्रदेशमा ओलीभक्त बुढा बाघहरू हातमा मन्त्रीपदको बाला लिएर लोभी बटुवाको शिकार गर्न उद्यत भैरहेछन्।खबरदार,नझुक्किऊॅ! भोक लाग्यो भन्दैमा अखाद्यवस्तु खान हुन्न!विष गुलियोमा मिसाएरै ख्वाइन्छ! पंचायतको अन्तिम दिनका वा ज्ञानेन्द्रकालका टीकेमन्त्रीको वेहाल सम्झौं!
— Baburam Bhattarai (@brb1954) June 7, 2021











