Kathmandu Press

ओलीको आह्वान झुक्याउने, अल्मलाउने चाल : रामकुमारी झाक्री

काठमाडौं, जेठ २४ : नेकपा (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि गरेको आह्वानलाई नेत्री रामकुमारी झाक्रीले अल्मलाउने चाल भनेकी छिन्। ओलीले...
ओलीको आह्वान झुक्याउने, अल्मलाउने चाल : रामकुमारी झाक्री

काठमाडौं, जेठ २४ : नेकपा (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि गरेको आह्वानलाई नेत्री रामकुमारी झाक्रीले अल्मलाउने चाल भनेकी छिन्। 

ओलीले आइतबार साँझ पार्टी एकताका लागि आह्वान गर्दै प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दिएको रिटमा गरेका हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त राखेका छन्। त्यसमा प्रतिक्रिया जनाउँदै माधवकुमार नेपाल पक्षकी नेत्री झाक्रीले ओलीको झुक्याउने चाल मात्रै भएको जनाएकी छिन्। 

नेत्री झाक्रीले भनेकी छिन्, ‘एकतर्फी घोषणा गरेर एकता गर्न खोजिएको होईन, झुक्याउन, अलमलाउन र मिडिया कन्जम्सनको लागि हो भनेर बुझ्नुपर्छ।’

उनले एकतर्फी वक्तव्य जारी गर्नु पनि उनले शंकाको दृष्टिले हेरेकी छिन्। ‘अझ गम्भीर कुरा त के छ भने बुदा नं. ४ मा अदालतमा दिएको हस्ताक्षर फिर्ता गरिनेछ भनिएको छ, यो कसले फिर्ता लिने? फिर्ता लिने पक्षसँग यो वक्तव्य जारी गर्न सहमति वा संवाद आवश्यक पर्ने होईन र?’ उनले लेखेकी छिन्, ‘लोकतन्त्रको रक्षाको लागि संविधानलाई क्रियाशिल गराउन, संसद पुनःस्थापना गर्न, हामी अदालतको ढोका ढक्ढकाउन पुगेका थियौँ। हामीहरूले यसको सुनिश्चिताबिना हस्ताक्षर फिर्ता लिने भन्ने प्रश्न नै आउँदैन।’


 

प्रकाशित मिति: ०६:५७ बजे, सोमबार, जेठ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्