Kathmandu Press

गाडी दुर्घटनामा मान्छे मारिएको तीन दिनपछि सांसद कार्कीका छोरा पक्राउ

विराटनगर, जेठ २३ : गाडी दुर्घटनाको विषयमा अनुसन्धान गर्न भन्दै प्रहरीले आइतबार प्रदेश १ की प्रदेशसभा सदस्य विन्दिया कार्कीका छोरा रविन कार्कीलाई पक्राउ...
गाडी दुर्घटनामा मान्छे मारिएको तीन दिनपछि सांसद कार्कीका छोरा पक्राउ

विराटनगर, जेठ २३ : गाडी दुर्घटनाको विषयमा अनुसन्धान गर्न भन्दै प्रहरीले आइतबार प्रदेश १ की प्रदेशसभा सदस्य विन्दिया कार्कीका छोरा रविन कार्कीलाई पक्राउ गरेको छ।

गत बिहीबार राति विराटनगर एयरपोर्ट मोडमा एक जनाको मृत्यु हुनेगरी गाडी दुर्घटना भएपछि उनी फरार थिए। दुर्घटनाको बेला रविनले नै कार चलाएको देखिएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रत्यक्षदर्शीको बयान र घटनास्थलमा भेटिएका प्रमाणका आधारमा कार्कीलाई पक्राउ गरिएको बताइएको छ। दुर्घटनामा परेको कार प्रदेश ३-०१-००२ च २१३९ नम्बरको कार सांसद विन्दियाले प्रयोग गर्दै आएको खुलेको प्रहरीको भनाइ छ।

उक्त कारको ठक्करबाट भारतीय नागरिक ३५ वर्षीय मुकेश शर्माको मृत्यु भएको थियो भने मोरङ कटहरी-२ का २७ वर्षीय रामकुमार राजवंशी घाइते भएका थिए।

प्रकाशित मिति: १८:१५ बजे, आइतबार, जेठ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्