Kathmandu Press

थप ३४७९ जनामा कोरोना संक्रमण पुष्टि, ९९ को मृत्यु

काठमाडौं, जेठ २३ : गत २४ घण्टामा देशभर ३४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ६६३६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...
थप ३४७९ जनामा कोरोना संक्रमण पुष्टि, ९९ को मृत्यु

काठमाडौं, जेठ २३ : गत २४ घण्टामा देशभर ३४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ६६३६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, गत २४ घण्टामा कोरोना संक्रमणका कारण ९९ जनाको मृत्यु भएको छ।

संक्रमितमध्ये काठमाडौंमा ७३१, भक्तपुरमा १४६ र ललितपुरमा २५४ गरि उपत्यकामा मात्रै ११३१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:४१ बजे, आइतबार, जेठ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्