राष्ट्रपतिद्वारा स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेश जारी
काठमाडौं, जेठ २३ : राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी र स्वास्थ्य सस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा...
काठमाडौं, जेठ २३ : राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी र स्वास्थ्य सस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी गरेकी छन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिशमा उक्त अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा प्रेसित विज्ञप्तिमा जनाइएको छ ।
पछिल्लो समयमा कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि पनि आक्रमण भएका घटना सार्वजनिक भएपछि कारबाहीका लागि सरकारले कानून बनाएको हो।
प्रकाशित मिति: १६:१२ बजे, आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











