Kathmandu Press

भारतीय गोलभेडामा अत्यधिक विषादी, भन्सारमै रोकिए सयाैं कन्टेनर

काठमाडौं, असार ९ : भारतबाट आएका फलफूल र तरकारीका कन्टेनर सीमामै रोकिएका छन्। यस पटक भने फलफूल र तरकारीका कन्टेनर भारतले रोकेको होइन, नेपालले नै रोकेको....

भारतीय गोलभेडामा अत्यधिक विषादी, भन्सारमै रोकिए सयाैं कन्टेनर

काठमाडौं, असार ९ : भारतबाट आएका फलफूल र तरकारीका कन्टेनर सीमामै रोकिएका छन्। यस पटक भने फलफूल र तरकारीका कन्टेनर भारतले रोकेको होइन, नेपालले नै रोकेको हो।

अत्यधिक विषादी प्रयोग गरिएको पाइएपछि केही तरकारीका कन्टेनरलाई नेपाल ल्याउन अनुमति दिइएको छैन। केही तरकारी र फलफूलका कन्टेनर भने नमुना परीक्षण गर्नका लागि भन्सारमै रोकिएका छन्।

केही दिनयता भारतबाट आएका फलफूल र तरकारीका सयौं कन्टेनर भन्सारमा रोकिएका छन्। वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशन अनुसार, ति कन्टेनर भन्सारमा रोकिएका हुन्।

Hardik ivf

अहिले मन्त्रालयकै आदेशमा फलफूल र तरकारीका कन्टेनर रोकिएको भैरहवा भन्सारका सूचना अधिकृत कालीराम पौडेलले बताए।  ‘मन्त्रालयले पत्र काटेर रोक्नु भनेको छ, त्यसैले स्याम्पलको रिपोट आएपछि मात्र नेपाल पठाउने गरेको छौं,’ उनले भने।

मन्त्रालयले विषादी अवशेष परीक्षण गरेर मात्रै नेपाल भित्र्याउने निर्देशन दिएको छ। परीक्षणको प्रमाणपत्र नपाउदासम्म नेपाल भित्र्याउन पाइने छैन। जसले गर्दा भैरहवा र नेपालगञ्ज भन्सारमा सयौं कन्टेनर रोकिएका हुन्।

भैरहवा भन्सार कार्यालयका अनुसार, विषादी परीक्षण गर्ने ल्याब नभएकाले कन्टेनर परीक्षण गर्न समय लागेको छ। विषादी जाँच गर्ने प्रयोगशाला तथा उपकरण नहुँदा समस्या भएको भन्सार कार्यालयले जनाएको छ।

रुपन्देहीको बुटवलस्थित फलफूल तथा तरकारी बजारमा उपकरण छन्। तर, त्यहाँ काम गर्ने कर्मचारीको सरुवा भएकाले जाँच गर्न सकिएको छैन। ‘हामीसँग यहाँ विषादी परीक्षण ल्याब छैन, काठमाडौंमा परीक्षण गर्नुपर्छ,’ सूचना अधिकृत कालीराम पौडेलले भने, ‘आलु र टमाटरको स्याम्पल पठाएका छौं। त्यसको रिर्पोट आएपछि केहि कन्टेनर नेपाल भित्रिन थाल्नेछन्।’

दुइटा टमाटर खान अयोग्य

भैरहवा भन्सार कार्यालयले पठाएका तरकारी र फलफूलका नमुना कालीमाटी तरकारी बजारको अवशेष दु्रत विश्लेषण प्रयोगशालामा परीक्षण भएको छ। प्रयोगशालाका सहायक निर्देशक जागेश्वर शर्मा दैनिक थुप्रै नमुना आइरहेको बताए।

उनका अनुसार, केही नमुनामा खराबी पनि देखिएको छ। ‘भैरहवाबाट धेरै नमुना आउने गरेका छन्। केही नमुना परीक्षण गर्दा दुइटा गोलभेडा खान अयोग्य पाइएको छ’ शर्माले काठमाडौंप्रेससँग भने। उनका अनुसार, ति गोलभेडामा अत्यधिक विषादी प्रयोग गरिएको भेटिएको छ।

तरकारीको मूल्य बढ्न सक्ने

भन्सारमा तरकारी आयातमा कडाइ गरिएपछि काठमाडौंलगायत  मुख्य शहरमा तरकारीको मूल्य बढ्न सक्ने कालीमाटी तरकारी बजारले जनाएको छ। तरकारी आयात कम भएको कालीमाटी तरकारी बजार समितिका प्रवक्ता विनय श्रेष्ठले बताए।

‘कालीमाटी तरकारी बजारमा दैनिक लाखौँ कन्टेनरहरु आउने गरेका थिए, अहिले निकै कम आउने गरेको छ’ उनले भने। तरकारीको अभाव हुँदा मूल्य बढ्न सक्ने उनको भनाइ छ।

प्रकाशित मिति: १४:४९ बजे, सोमबार, असार ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्