कर्णाली प्रदेशको मन्त्रिपरिषद् हेरफेर, कांग्रेसका तर्फबाट दुई मन्त्री
काठमाडौं, जेठ २३ : कर्णाली प्रदेशको मन्त्रिपरिषद् हेरफेर गरिएको छ। नयाँ मन्त्रिपरिषदमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका सांसदहरूको सहभागिता छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको...
काठमाडौं, जेठ २३ : कर्णाली प्रदेशको मन्त्रिपरिषद् हेरफेर गरिएको छ। नयाँ मन्त्रिपरिषदमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका सांसदहरूको सहभागिता छ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले संविधानको धारा १६८ को उपधारा ९ र धारा १७० को उपधारा १ बमोजिम मन्त्री नियुक्त, हेरफेर र कार्यविभाजन गरेको प्रदेश प्रमुखको कार्यालयका सचिव ठाकुरप्रसाद सिग्देलले प्रेस विज्ञप्तिमार्फत जनाएका छन्।
मन्त्रिपरिषद हेरफेरपछि महेन्द्रबहादुर शाहीले मुख्यमन्त्री, नन्दसिंह बुढा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, अम्मरबहादुर थापाले भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री र कुर्मराज शाहीले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीको जिम्मेवारी पाएका छन्।
त्यसैगरी आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी सीताकुमारी नेपाली, आर्थिक मामिला तथा योजना मन्त्रालयको गोपाल शर्मा, जलस्रोत तथा उर्जा विकास मन्त्रालयको दीनबन्धु श्रेष्ठ र सामाजिक विकास मन्त्रालयको यज्ञबहादुर बीसीलाई दियएको छ।
जलस्रोतमन्त्री श्रेष्ठ र सामाजिक विकासमन्त्री बीसी कांग्रेसबाट नियुक्त भएका हुन्। मुख्यमन्त्री शाहीसहित अन्य ६ मन्त्री माओवादी केन्द्रका हुन्। एमालेले समर्थन फिर्ता लिएपछि कांग्रेस सरकारमा सहभागी भएको हो।




