Kathmandu Press

जसपा प्रदेश २ को संसदीय दलको नेतामा मुख्यमन्त्री राउत चयन

काठमाडौं, जेठ २३ :  जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश २ को संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेको छ।जसपा अध्यक्ष महन्थ...
जसपा प्रदेश २ को संसदीय दलको नेतामा मुख्यमन्त्री राउत चयन

काठमाडौं, जेठ २३ :  जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश २ को संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेको छ।

जसपा अध्यक्ष महन्थ ठाकुर पक्ष प्रधानमन्त्री केपी ओलीसँग मिलेर राजेन्द्र महतोको नेतृत्वमा सहभागी भएपछि अर्का प्रदेश २ मा जसपाका बहुमत सांसदहरुको हस्ताक्षरसहित मुख्यमन्त्री राउत संसदीय दलको नेतामा चयन भएका हुन्। राउत जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षधर हुन्।

संसदीय दलको नेता चयनबारे आजै प्रदेशसभा सचिवालयमा पत्रसहित जानकारी गराइने भएको छ। यससँगै प्रदेश २ मा सत्ता समीकरण फेरबदल हुने सम्भावना बढेको छ ।

अध्यक्ष उपेन्द्रको उपस्थितिमा जनकपुरधाममा संसदीय दलको बैठक चलिरहेको छ। बैठकमा जसपाको संसदीय दलको विधान पारित गरिएसँगै संसदीय दलको नेता चयन गरिएको बताइएको छ।

महन्थ पक्ष ओली सरकारमा सहभागी भएसँगै प्रदेश २ मा समेत सरकार पुनर्गठन हुने चर्चा चलिरहेका बेला अध्यक्ष उपेन्द्र यादवले आफ्नै उपस्थितिमा संसदीय दलको बैठक बोलाएर संसदीय दलको विधान पनि पारित गराएको स्रोतको भनाइ छ।

प्रकाशित मिति: १३:३० बजे, आइतबार, जेठ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्