Kathmandu Press

संसदमै पुग्यो ‘गलबन्दी च्यातियो’ गीतकाे विवाद

काठमाडौं, असार ९ : प्रकाश सपुतको चर्चित ‘गलबन्दी च्यातियो’ गीत संसद्मा पनि पुगेको छ। प्रकाशविरुद्ध मुद्दा हालेको विषयलाई नेपाली कांग्रेसका....

संसदमै पुग्यो ‘गलबन्दी च्यातियो’ गीतकाे विवाद

काठमाडौं, असार ९ : प्रकाश सपुतको चर्चित ‘गलबन्दी च्यातियो’ गीत संसद्मा पनि पुगेको छ। प्रकाशविरुद्ध मुद्दा हालेको विषयलाई नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले संसद्मा उठाएका हुन।

यो गीतको लोकप्रियतामाथि चर्चा गर्दै सांसद विश्वकर्माले गायक प्रकश सपुत र गायिका शान्तिश्री परियारलाई सरकारले सम्मान गर्नुको सट्टा सत्तापक्षकै समर्थकले मुद्दा हालेकोमा ध्यानाकर्षण गराए।

‘सरकारका निकायले उनीहरूलाई उच्च सम्मान गर्नु पर्नेमा सत्तारुढ दलकै सांगीतिक क्षेत्रमा आवद्ध भातृ संस्थामा आवद्ध कलाकार सम्भु राईले मेरो लय नक्कल गरेको भनेर मुद्दा हालेछ,’ सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बाेल्दै सांसद विश्वकर्माले भने।

संसद्मा बाेल्दै सांसद मीनबहादुर विश्वकर्मा।

उनीहरूले सामाजिक संजालमा गालीगलौज समेत गरिरहेको उल्लेख गरेका छन्।

‘सम्भु राई र उनका मतियारहरूले सामाजिक संजालको दुरुपयोग गरी प्रकाश सतुपलाई जातीय भेदभावको दृष्टिले अति निच गालीगलौज गर्ने र उनलाई हतोत्साहित गर्न निरन्तरत लागिपरेको देखिन्छ,’ उनले भने, ‘त्यतिमात्र होइन, संविधान, कानुन र सामाजिक सद्भावको बर्खिलाप हुनेगरी सिंगो दलित समुदायलाई अपमानित हुने गरी उनीहरूमाथि जातीय विभेद र अपमान गरेको हुनाले साइबर कानुन, जातीय छुवाछुत र भेदभावअनुसार, उनीहरूलाई तत्कालन कानुनी दायरमा ल्याउन माग गर्दछु।’

सांसद विश्वकर्माले उनीहरूलाई कारवाही नगरिए सम्पूर्ण दलित समुदाय आन्दोलनमा उत्रिने चेतनावनी समेत दिएका छन्।

उनले यो गीत सम्भु राईबाट चोरी नगरिएको समेत स्पष्ट पारे। संसद्मा बोल्दै उनले भने, ‘लोकभाका भनेकै पूर्वजहरुले गाउदै, उनीहरूका अनुयायीले त्यसलाई पच्छ्याउदै, पुस्तौपुस्तासम्म जीवित राख्नु हो। एक दिन, एक पटक, एक कलाकारले कुनै समयमा गाएको वा गाउने गीत लोकभाका हुन सक्दैन। गाउँघरमा, रोधीघरमा, रत्यौलीमा, मेलापातमा, गोठालोमा जादा स्वतः स्फुर्त गाउने भाका नै लोकभाका हो। लोकभाकाको न नक्कल हुन्छ, न चोरी गरिन्छ। प्रकाश सपुतले गाएको गीत र उनको भाका कसैसँग मेल खादैन। सम्भु राईसँग मेल खाने त कुरै भएन।’

प्रकाशित मिति: १३:४५ बजे, सोमबार, असार ९, २०७६