Kathmandu Press

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु

काठमाडौं, जेठ २३ : प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रतिनिधिसभा विघटनविरुद्धका रिटहरूको सुनुवाइ गर्न वरिष्ठताका आधारमा...
प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु

काठमाडौं, जेठ २३ : प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रतिनिधिसभा विघटनविरुद्धका रिटहरूको सुनुवाइ गर्न वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका थिए।

नवगठित इजलासमा प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खडका, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन्।

यसअघि १४ जेठमा गठित पाँच सदस्यीय इजलासमा न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि प्रश्न उठेपछि सुनुवाइ अवरुद्ध भएको थियो।

१८ जेठको संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबराले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सुनुवाइका लागि वरिष्ठताका आधारमा न्यायाधीश राखेर संवैधानिक इजलास तोक्ने प्रतिबद्धता जनाएका थिए।

२१ जेठमा नागरिकता अध्यादेशविरुद्ध परेका रिटहरू सुनुवाइ गर्न प्रधानन्यायाधीश जबराले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका थिए।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत ७ जेठमा प्रतिनिधिसभा विघटन गरेकी थिइन्। त्यसविरुद्ध एक सय ४६ जना सांसदहरू सहित ३० वटा रिट परेका छन्।

प्रकाशित मिति: १२:१८ बजे, आइतबार, जेठ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्