Kathmandu Press

जनमोर्चा सांसद थापाको रिट एकल इजलासमा

पार्टीको सूचनापछि पदमुक्त भएका गण्डकी प्रदेशका जनमोर्चा सांसद कृष्ण थापाले दायर गरेको रिट सर्वोच्च अदालतले एकल एजलासमा तोकेको छ ।
जनमोर्चा सांसद थापाको रिट एकल इजलासमा

काठमाडौं, जेठ २३ : पार्टीको सूचनापछि पदमुक्त भएका गण्डकी प्रदेशका जनमोर्चा सांसद कृष्ण थापाले दायर गरेको रिट सर्वोच्च अदालतले एकल एजलासमा तोकेको छ ।

न्यायाधीश डाक्टर कुमार चुडालको एकल इजलासमा उक्त रिटमाथि सुनुवाइ तोकिएको हो ।

बागलुङ क्षेत्र नम्बर २ ‘ख’बाट निर्वाचित थापाले पार्टी ह्विप उल्लंघन गरेपछि जनमोर्चाले सांसद र साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको थियो । उनले राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालयलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका छन् ।

उनको रिटमाथि भिडियो कन्फरेन्सिङमार्फत सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ ।
 

प्रकाशित मिति: १०:४७ बजे, आइतबार, जेठ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्