जनमोर्चाले सांसदबाट हटाएका थापाको रिटमाथि सुनुवाइ हुँदै
काठमाडौं, जेठ २३ : राष्ट्रिय जनमोर्चाले सांसदबाट हटाएका कृष्णबहादुर थापाको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध विपक्षी...
काठमाडौं, जेठ २३ : राष्ट्रिय जनमोर्चाले सांसदबाट हटाएका कृष्णबहादुर थापाको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध विपक्षी गठबन्धनले अविश्वास प्रस्ताव दर्ता गराएका थिए। जनमोर्चाले पनि त्यसको समर्थन गरेको थियो। तर, थापाले पार्टीको निर्णयविपरीत मुख्यमन्त्री गुरुङलाई सहयोग गरेका थिए।
त्यसपछि जनमोर्चाले उनलाई कारबाही गरेको थियो। जनमोर्चाको सिफारिसका आधारमा गण्डकीका सभामुखले थापा पदमुक्त भएको घोषणा गरेका थिए।
त्यसका विरुद्ध थापाले शुक्रबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए। उनको रिटमाथि आज सुनुवाइ हुन लागेको हो।
उनले रिटमा आफूलाई असंवैधानिक तरिकाले हटाएकाले पुनःस्थापना गरिपाउँ भनी जिकिर गरेका छन्।
प्रकाशित मिति: ०९:०१ बजे, आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











