Kathmandu Press

महतोको स्पष्टीकरण- राष्ट्रिय एकताप्रति पूर्ण प्रतिबद्ध छु

काठमाडौं, जेठ २३ : उपप्रधानमन्त्री राजेन्द्र महतोले राष्ट्रिय एकता र अखण्डताप्रति पूर्ण प्रतिबद्ध रहेको बताएका छन्।जनता समाजवादी पार्टी (जसपा)का नेता एवं उपप्रधानमन्त्री महतोले शनिबार...
महतोको स्पष्टीकरण- राष्ट्रिय एकताप्रति पूर्ण प्रतिबद्ध छु

काठमाडौं, जेठ २३ : उपप्रधानमन्त्री राजेन्द्र महतोले राष्ट्रिय एकता र अखण्डताप्रति पूर्ण प्रतिबद्ध रहेको बताएका छन्।

जनता समाजवादी पार्टी (जसपा)का नेता एवं उपप्रधानमन्त्री महतोले शनिबार राति प्रेस विज्ञप्ति जारी गरी राष्ट्रिय एकता र अखण्डताप्रति पूर्ण प्रतिबद्ध रहेको जनाएका हुन्। विज्ञप्तिीमा महतोले भनेका छन्, ‘म राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति पूर्ण प्रतिबद्ध रहेको छु।’

उनले आफ्नो भनाइ बंग्याएको आरोप लगाएका छन्। ‘हिजाको मेरो अभिव्यक्तिलाई बंग्याएर र गलत अर्थ लाग्ने गरी प्रचार प्रसार भएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ महतोले भनेका छन्। 

उनले आफूले संविधानको धारा ३ बमोजिम नै अभिव्यक्ति दिएको बताएका छन्। 

 

प्रकाशित मिति: ०७:४० बजे, आइतबार, जेठ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्