Kathmandu Press

सिरहामा औषधि व्यवसायीमाथि गोली प्रहार

सिरहा, जेठ २३ : सिरहामा अज्ञात समूहले एक जना औषधि व्इवसायीमाथि गोली प्रहार गरेको छ। गएराति ७ः४५ बजे सिरहाको मिर्चेया नगरपालिका–५ स्थित सिद्धी मेडिकल हलका...
सिरहामा औषधि व्यवसायीमाथि गोली प्रहार
सांकेतिक तस्विर।

सिरहा, जेठ २३ : सिरहामा अज्ञात समूहले एक जना औषधि व्यवसायीमाथि गोली प्रहार गरेको छ।

गएराति ७ः४५ बजे सिरहाको मिर्चेया नगरपालिका–५ स्थित सिद्धी मेडिकल हलका सञ्चालक रामसागर साफीमाथि गोली प्रहार गरिएको प्रहरीले जनाएको छ। आफ्नो औषधि पसलमा बसिरहेको अवस्थामा दुई राउण्ड गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयका एसपी हिराबहादुर पाण्डेले बताए। 

एसपी पाण्डेका अनुसार ४० वर्षीय साफीको हात र तिघ्रामा गोली लागेको छ। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। 

कसले किन गोली प्रहार ग¥यो भन्ने खुल्न सकेको छैन। घटनाको अनुसन्धान भइरहेको एसपी पाण्डेले बताए। 

प्रकाशित मिति: ०७:२७ बजे, आइतबार, जेठ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्