Kathmandu Press

११४ कामदारका परिवारलाई ६ करोड आर्थिक सहायता प्रदान गरिने

काठमाडौं, असार ९ : वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले श्रम स्वीकृतिको म्यादभित्र नेपालमै मृत्यु भएका एक सय १४ जना कामदारका परिवारलाई ६ करोड ६६ लाख आर्थ....

११४ कामदारका परिवारलाई ६ करोड आर्थिक सहायता प्रदान गरिने

काठमाडौं, असार ९ : वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले श्रम स्वीकृतिको म्यादभित्र नेपालमै मृत्यु भएका एक सय १४ जना कामदारका परिवारलाई ६ करोड ६६ लाख आर्थिक सहयता उपलब्ध गराउने भएको छ।

बोर्डले वैदेशिक रोजगारीको सिलसिलामा करार अवधिभित्र विरामी भएर स्वदेश फर्किएका र उपचारको क्रममा मृत्यु भएका तथा विदामा स्वदेश फर्किएका र विरामी भइ उपचारको क्रममा मृत्यु भएका एक सय १४ जना कामदारका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो।

त्यस्तै, वैदेशिक रोजगारीको क्रममा करार अवधिभित्र दुर्घटनामा परी गम्भीर चोटपटकका कारण कोमामा रहेका तथा पक्षघातबाट हिँडडुल गर्न नसक्ने अवस्थामा दक्षिण कोरिया, साउदी अरब, कतार, कुवेत, यूएईलगायतका देशका विभिन्न अस्पतालमा उपचाररत नेपालीलाई स्वदेश ल्याउने भएको छ। यस्ता २८ जना नेपालीलाई स्वदेशमा ल्याएर उपचार गराउने जनाएको छ।

यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सम्बद्ध महाशाखा प्रमुखको संयोजकत्वमा स्वास्थ्य, अर्थ, परराष्ट्र, कानुन मन्त्रालय, सम्बद्ध क्षेत्रका अनुभवी चिकित्सक, वैदेशिक रोजगार व्यवसायी संघ र ट्रेड युनियकका तर्फबाट सदस्य रहने गरी कार्यदल गठन गर्ने निर्णय गरिएको छ। त्यसमा वैदेशिक रोजगार बोर्ड सचिवालयका तर्फबाट सदस्य सचिव रहने छन्।

कार्यदलले विभिन्न देशका अस्पतालमा उपचाररत गम्भीर प्रकृतिका विरामीको संकलित तथ्यांकहरु उपर छानविन गरी नेपाल ल्याउने प्रक्रियासम्बन्धी अध्ययन गर्नेछ।

त्यस्तै, नेपालमा उपचारका लागि आवश्यक पर्ने नीतिगत तथा कानुनी संयन्त्रलगायत अनुमानित खर्च विवरण सम्बन्धमा विस्तृत अध्ययन गरी सुझाव पेश बोर्डले जनाएको छ।

प्रकाशित मिति: १२:१३ बजे, सोमबार, असार ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्