महतोको अभिव्यक्तिको विरोधमा प्रदर्शन गर्ने नेपाल समूहका विद्यार्थी नेता पक्राउ
काठमाडौं, जेठ २२ : उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिको विरोधमा प्रदर्शनमा उत्रिएका एमालेको माधवकुमार नेपाल समूहका विद्यार्थी नेताहरू प्रहरी पक्राउ परेको...
काठमाडौं, जेठ २२ : उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिको विरोधमा प्रदर्शनमा उत्रिएका एमालेको माधवकुमार नेपाल समूहका विद्यार्थी नेताहरू प्रहरी पक्राउ परेको छ।
मन्त्रीमा नियुक्ती लगत्तै महतोले आफू बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी रहेको भन्दै दिएको अभिव्यक्तिको विरोधमा बानेश्वरमा प्रदर्शनमा उत्रिएका नेपाल समूहका ११ विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरुले बानेश्वरमा नाराबाजी गर्दै महताेकाे पत्ला दहन गरेका थिए ।
पक्राउ पर्नेमा नेपाल समूहका अनेराश्ववियुका अध्यक्ष सुदेश पराजुली र महासचिव आरती लामा पनि रहेको बताइएको छ। उनीहरु सबैलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ।
महतोले मन्त्रीको शपथग्रहणलगत्तै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन चलाइरहेको बताएका थिए । उक्त अभिव्यक्तिविरुद्ध नेकपाकै नेताहरूले विरोध जनाइरहेका छन्।



















