Kathmandu Press

ओलीले सत्ता टिकाउन कोरोना महामारीलाई अवसरका रुपमा प्रयोग गरे : नेता महत

ओलीले सत्ता टिकाउन कोरोना महामारीलाई अवसरका रुपमा प्रयोग गरे : नेता महत

काठमाडौं, जेठ २२ : नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी ओलीले कोरोना महामारीलाई सत्ता टिकाउने अवसरका रुपमा प्रयोग गरेको बताएका छन् ।

नेता महतले प्रधानमन्त्री ओली सत्ता लब्याउने मानसिकतामा रहेको र कोरोना महामारीलाई पनि अवसरका रुपमा प्रयोग गरेको बताए ।

उनले ओलीमा सत्तामा टिक्न जे पनि गर्ने मानसिकता देखिएको पनि बताए । उनले भने, ‘सत्तामा म हुनुपर्छ, त्यसका लागि जे भन्न पनि सकिन्छ, जे गर्न पनि सकिन्छ भन्ने मानसिकता देखिएको छ ।’ १७÷१६ जना सांसद भएको जसपालाई १० मन्त्री दिएर ओलीले त्यसको पुष्टि गरेको उनले बताए ।

जसपाको महन्थ ठाकुर पक्षका नेताहरुले पनि अवसरवादी चरित्र देखाउँदै आएको उनले बताए ।

प्रकाशित मिति: १८:५७ बजे, शनिबार, जेठ २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्