Kathmandu Press

काठमाडौँ उपत्यकामा १ हजार ३७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, जेठ २२ : पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा १ हजार ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौँमा ८ सय २३, भक्तपुरमा...
काठमाडौँ उपत्यकामा १ हजार ३७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, जेठ २२ : पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा १ हजार ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौँमा ८ सय २३, भक्तपुरमा ७३ र ललितपुरमा १ सय ४१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ४ सय ७१ जनामा पीसीआर तथा ५ हजार ३ सय ४३ जनामा एन्टिजेन परीक्षण गरिएकामा देशभर ५ हजार ४२ संक्रमित थपिएका छन्।

सोही अवधिमा ८ हजार २ सय ४३ जना संक्रमणमुक्त भएका छन्। शुक्रबार ८ हजार ६ सय ६३ जना संक्रमणमुक्त भएका थिए।

थपिएका सहित हालसम्म देशमा कोरोना संक्रमितको संख्या ४ लाख ८४ हजार ३७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ९२ हजार ९ सय २८ रहेको छ। 

प्रकाशित मिति: १८:३७ बजे, शनिबार, जेठ २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्