जेठ २७ मा विश्वासको मत लिने मुख्यमन्त्री गुरुङको प्रस्ताव, विपक्षीको असहमति

काठमाडौं, जेठ २२ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज (शनिबार गण्डकी कार्यव्यवस्था परामर्श समितिको बैठकमा जेठ २७ गते विश्वासको मत लिने प्रस्ताव राखे । तर विपक्षीहरुले उक्त प्रस्तावप्रति कडा असहमति जनाए।
मुख्यमन्त्री गुरुङले छिटोभन्दा छिटो विश्वासको मत लिनुपर्ने माग विपक्षीहरूको राखेका छन्। तर कानुनी हिसाबले भने मुख्यमन्त्री गुरुङलाई आफूद्वारा प्रस्तावित मितिभित्र विश्वासको मत लिने स्वतन्त्रता छ।
गुरुङले वैशाख २७ गते मुख्यमन्त्रीको शपथ लिएका थिए। संविधानको धारा १६८ को उपधारा ४ अनुसार एक महिनाभित्र सदनमा आफूसँग बहुमत छ भन्ने सिद्ध गर्नुपर्ने व्यवस्था रहे पनि अिगाडि नै अविश्वासको मत लिनुपर्ने अडान वपक्षीहरूको छ।
गण्डकी प्रदेशसभामा अहिले विनियोजन विधेयक २०७८ को सिद्धान्त र प्राथमिकताबारे छलफल चलिरहेको छ।
सदनमा विपक्षीहरुले अल्पमतको सरकारले राजीनामा दिनुपर्ने माग जोडदारका साथ उठाइरहेका छन् । सत्तापक्षका सांसदहरू भने आउँदो असार १ गते बजेट ल्याउनैपर्ने बाध्यकारी व्यवस्थाका कारण बजेटसँग सम्बन्धित काम अगाडि बढाउने माग गरिरहेका छन्।
विश्वासको मत लिने मितिमा सहमति नजुट्दा आइतबारसम्मका लागि स्थगित भएको सभा कहिले चल्छ भन्ने पनि अन्योल छ।











