Kathmandu Press

महतोले दोहोर्‍याए- नेपाल बहुल राज्य हुनुपर्छ

उपप्रधान तथा सहरी विकास मन्त्री राजेन्द्र महतोले नेपाललाई बहुल राज्य बनाउनुपर्ने आफ्नो भनाइ दोहोर्‍याएका छन्।
महतोले दोहोर्‍याए- नेपाल बहुल राज्य हुनुपर्छ

काठमाडौं, जेठ २२ : उपप्रधान तथा सहरी विकास मन्त्री राजेन्द्र महतोले नेपाललाई बहुल राज्य बनाउनुपर्ने आफ्नो भनाइ दोहोर्‍याएका छन्।

बबरमहलस्थित पार्टी कार्यालयमा आयोजित सम्मान कार्यक्रममा उनले शुक्रबार मन्त्रीको पदभार ग्रहण गर्दा व्यक्त गरेको विचारलाई दोहोर्‍याएका हुन्।

शुक्रबारको अभिव्यक्तिप्रति चौतर्फी विरोध भइरहेको छ। त्यसका बावजुद महतोले आफ्नो विचार सही रहेको दाबी गरेका हुन्।

नेपाल बहुलताबाट भरिएको देश भएको र एक राज्य नभई एक बहुल राज्य हुनु आवश्यक रहेको उनले बताए।

संविधानमा संशोधन नहुन्जेल आफूहरूको आन्दोलन जारी रहने उनले बताए। मधेशका लागि सरकारमै बसेर लड्ने उनले उल्लेख गरे।
 

प्रकाशित मिति: १७:२६ बजे, शनिबार, जेठ २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्