Kathmandu Press

गिट्टी, बालुवा र ढुंगा निकासीको निर्णय फिर्ता लिन देउवाको आग्रह

गिट्टी, बालुवा र ढुंगा निकासीको निर्णय फिर्ता लिन देउवाको आग्रह

काठमाडौं, जेठ २२ : कांग्रेस सभापति शेरबहादुर देउवाले चुरेको गिट्टी, बालुवा र ढुंगा निकासीको निर्णय फिर्ता लिन आग्रह गरेका छन्।

विश्व वातावरण दिवसमा शुभकामना सन्देश व्यक्त गर्दै उनले आज (शनिबार) ट्विटरमार्फत चुरे दोहनसम्बन्धी सरकारी निर्णय फिर्ता लिन माग गरेका हुन्।

‘पृथ्वीमा हरेक प्राणीले बाच्न पाउने अधिकार वातावरणको दिगो संरक्षणले मात्रै सुनिश्चित हुन्छ। हाम्रो वातावरण बचाउन हरेकले पहल गरौं,’ ट्विट गर्दै उनले भनेका छन्, ‘तर सरकार हाम्रो चुरेको गिट्टी,वालुवा र ढुंगा भारत निकासी गरेर वातावरणीय चक्र खलबलाउँदैछ। यस्ता निर्णय फिर्ता लिऊ।’ अन्तिममा उनले लेखेका छन्, ‘वल्र्ड इन्भाइरोमेन्ट डेको शुभकामना।’

सरकारले आगामी आर्थिक वर्षका लागि बजेट वक्तव्यमार्फत राष्ट्रको घाटा कम गर्दै लाने भन्दै ढुंगा, गिट्टी, बालुवा निकासी अघि बढाउने योजना सार्वजनिक गरेको छ।

सरकारको उक्त योजना कार्यान्वयनमा आए चुरे क्षेत्रको दोहन भई सिंगो तराई–मधेस नै मरुभूमिकरण बन्न जाने खतरा रहेको भन्दै विरोध भइरहेको छ। 

प्रकाशित मिति: १७:११ बजे, शनिबार, जेठ २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्