Kathmandu Press

डियास बने प्रिमियर लिगका उत्कृष्ट खेलाडी

डियास बने प्रिमियर लिगका उत्कृष्ट खेलाडी

काठमाडाैं जेठ २२ : म्यान्चेस्टर सिटीका पोर्चुगित डिफेन्डर रुबेन डियास इंग्लिस प्रिमियर लिगको सर्वोत्कृष्ट खेलाडी बनेका छन्। यो सिजन सिटीलाई लिग च्याम्पियन बनाउन उत्कृष्ट भूमिका खेलेका डियासले सिजनको उत्कृष्ट खेलाडी बन्दै प्लेयर अफ दी इयर अवार्ड जिते।

गत सेप्टेम्बरम मात्र सिटी आएका डियासले प्रिमियर लिगका कप्तान र म्यानेजरको भोटिङका आधारमा प्लेयर अफ दी इयर अवार्ड जितेका हुन्। सिजनको उत्कृष्ट खेलाडी बन्ने क्रममा डियासले आफ्नै टिममेट केभिन डे ब्रुयन, फिल फोडेन तथा इल्के गुन्डोगान, टोटनह्यामका ह्यारी केन, म्यान्चेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेस, लिभरपुलका मोहम्मद सलाहा, चेल्सीका मासन माउन्ट, एस्टन भिल्लाका ज्याक ग्रेलिस र वेस्टह्यामका टोमस सउचेकलाई पछि पारे।

२४ वर्षीय डियास गत सेप्टेम्बरमा ६५ मिलियन यरोपमा पोर्चुगिज क्लब बेन्फिकाबाट सिटी आएका हुन् । उनले यो सिजन ३२ लिग म्याच खेल्दै १५ क्लिन सिट राखेका थिए । यो सिजन उनले सर्वाधिक २२ सट क्लब गरेका थिए भने सर्वाधिक ८८ क्लियरेन्स गरेका थिए ।

प्रिमियर लिगको ‘प्लेयर अफ दी इयर’ अवार्ड जित्ने डियास पाँचौं डिफेन्डर बनेका छन् । डियासले यस घि फुटबल राइरटर्स एसोसिएसनले प्रदान गर्ने ‘फुटबलर अफ दि इयर’ अवार्ड पाएका थिए।

प्रकाशित मिति: १७:५१ बजे, शनिबार, जेठ २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्