Kathmandu Press

महतोको विरोधमा गौतमले भने : नेपाललाई विघटन गर्ने आन्दोलन स्वीकार्य हुन सक्दैन

काठमाडौँ, जेठ २२ : एमाले उपाध्यक्ष वामदेव गौतमले उपप्रधानमन्त्रसिमेत रहेका सहरी विकासमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन्। गौतमले आज (शनिबार) सामाजिक सञ्जाल...
महतोको विरोधमा गौतमले भने : नेपाललाई विघटन गर्ने आन्दोलन स्वीकार्य हुन सक्दैन

काठमाडौँ, जेठ २२ : एमाले उपाध्यक्ष वामदेव गौतमले उपप्रधानमन्त्रसिमेत रहेका सहरी विकासमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन्। 

गौतमले आज (शनिबार) सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै महतोले सञ्चालन गरिरहेको आन्दोलनले नेपाललाई विखण्डन गर्ने धारणा व्यक्त गरेका हुन्।

शपथ खाई पदभार ग्रहण गरेको अवस्थामा शुक्रबार मन्त्री महतोले आफ्नो बहुल राष्ट्रिय राज्य स्थापनाका लागि तयारी गर्ने काम अगाडि बढाउँदै लान र विगतका आन्दोलनका माग सम्बोधन गर्दै जान आफू सरकारमा सहभागी भएको उल्लेख गरेका थिए।

‘नेपाल सरकारका उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महतोले संविधानको मर्मविपरीत कार्य गर्नेछैन भनी शपथ ग्रहण गरेको आधा घन्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूले अहिले पनि सञ्चालन गरिरहेको अन्तर्वार्ता सुन्दा म अत्यन्त दुखी भएको छु,’ गौतमले फेसबुकमा लेखेका छन्, ‘नेपालको संविधानको धारा ३ मा स्पष्ट लेखिएको छ, नेपाल अनेकौं विशेषता सहितको राष्ट्र हो। त्यस्तै संविधानको धारा ४ मा स्पष्ट भनिएको छ अनेकौं विशेषता सहित नेपाल राज्य हो। यसको अर्थ हो, नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य छ त्यो नेपाल हो।’

राजेन्द्र महतोले अहिले पनि सञ्चालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्नेभन्दा अर्को हुन नसक्ने उनको भनाइ छ। ‘नेपाललाई बिघटन गर्ने आन्दोलनलाई कुनै पति देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन,’ गोतमले लेखेका छन्, ‘राजेन्द्रजीको त्यो मागलाई अस्वीकार र विरोध मात्र गर्न सकिन्छ।’

प्रधानमन्त्री केपी ओलीले राजेन्द्र महतोले सञ्चालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको पनि उनको भनाइ छ।

प्रकाशित मिति: १५:२७ बजे, शनिबार, जेठ २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्