Kathmandu Press

काँडाघारीमा जमिनमुनिबाट निस्कियो प्रज्वलनशील ग्यास

काठमाडौं, जेठ २२ : काठमाडौं उपत्यकामा कतैकतै प्रज्वलनशील पदार्थ निस्किएको भन्ने खबर बेलाबेलामा आइरहन्छ।काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-९ काँडाघारीमा पनि जमिनमुनिबाट प्रज्वलनशील ग्यास निस्कने...
काँडाघारीमा जमिनमुनिबाट निस्कियो प्रज्वलनशील ग्यास

काठमाडौं, जेठ २२ : काठमाडौं उपत्यकामा कतैकतै प्रज्वलनशील पदार्थ निस्किएको भन्ने खबर बेलाबेलामा आइरहन्छ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-९ काँडाघारीमा पनि जमिनमुनिबाट प्रज्वलनशील ग्यास निस्कने घटना भएको छ।

जमिनमुनिको पानी निकाल्न भनी बोरिङ गर्ने क्रममा प्रज्ज्वलनशील ग्यास निस्किएको छ। बोरिङ गर्ने क्रममा ग्यासको गन्ध आएको र ठाउँ पत्ता लगाएर आगो बाल्दा ग्याँस बल्न थालेको स्थानीयले बताएका छन्।

स्थानीय रमेश तिवारीको जग्गामा बोरिङ गर्दा सो प्रज्वलनशील ग्याँस निस्किएपछि स्थानीयले महानगरीय प्रहरी प्रभाग काँडाघारीलाई खबर गरेका थिए।

ग्यासको वैज्ञानिक परीक्षणका लागि प्रहरीले खानी तथा भूगर्भ विभागसँग समन्वय गरिरहेको जनाइएको छ।

प्रकाशित मिति: १४:३७ बजे, शनिबार, जेठ २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्