Kathmandu Press

कर्णालीमा कांग्रेसबाट बीसी र श्रेष्ठ मन्त्री बन्दै

सुर्खेत, जेठ २२ : नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलले प्रदेश सरकारमा मन्त्री बन्ने सांसदको नाम तोकेको छ। शनिबार बसेको संसदीय दलको  बैठकले दुई...
कर्णालीमा कांग्रेसबाट बीसी र श्रेष्ठ मन्त्री बन्दै

सुर्खेत, जेठ २२ : नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलले प्रदेश सरकारमा मन्त्री बन्ने सांसदको नाम तोकेको छ। शनिबार बसेको संसदीय दलको  बैठकले दुई जना मन्त्रीको नाम तोकेको हो ।  

कांग्रेसले सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बिसी र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा दिनबन्धु श्रेष्ठलाई नियुक्त गरेर सरकारमा सहभागी हुने निर्णय गरेको छ। 

यी दुई नाम नियुक्तिका लागि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पठाइसकिएको जनाइएको छ। आज मन्त्री नियुक्त गरेर आइतबार सपथ खुवाउने कार्यक्रम रहेको छ ।

सरकारमा सहभागी हुनेहरुका लागि कांग्रेसले १३ बुँदे आचारसंहिता पनि जारी गरेको छ। आचारसंहितामा भ्रष्टाचारमा शून्य सहनशिलताको नीतिलाई अवलम्बन गर्ने, आर्थिक अनुशासन, स्वच्छता, मितव्ययिता, शादा जीवनशैली अपनाउने उल्लेख छ।

सरकारमा सहभागीहरुले दान, उपहार, पुरस्कार, चन्दा वा निजी सेवा, सुविधा, लाभ र अस्वभाविक निमन्त्रणालाई स्वीकार गर्न नपाइने उल्लेख छ। मन्त्रालयसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा कोही कसैसँग व्यवसायिक साझेदार, सहयोगी बन्न तथा व्यवसाय गर्न पनि कांग्रेसले प्रतिवन्ध लगाएको छ।

 ‘कसैको स्वाभिमान र अस्तित्वमाथि खलल हुने कुनैपनि कार्यलाई निरुत्साहित गर्नुपर्ने छ । कानुनले बर्जित गरेका कुनेपनि आचरण विपरित हुने कार्यहरु गर्न पाइने छैन्,’ आचारसंहितामा भनिएको छ ।

प्रकाशित मिति: १३:५९ बजे, शनिबार, जेठ २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्