Kathmandu Press

काठमाडौंका सबै वडामा ज्येष्ठ नागरिकलाई खोप लगाइने

काठमाडौं, जेठ २२ : काठमाडौं महानगरपालिकाका सबै वडामा ज्येष्ठ नागरिकलाई खोप लगाइने भएको छ। कोरोना भाइरस विरुद्धको खोप लगाउनका लागि केन्द्रको नाम तोकेर पठाउन वडा...
काठमाडौंका सबै वडामा ज्येष्ठ नागरिकलाई खोप लगाइने

काठमाडौं, जेठ २२ : काठमाडौं महानगरपालिकाका सबै वडामा ज्येष्ठ नागरिकलाई खोप लगाइने भएको छ। 

कोरोना भाइरस विरुद्धको खोप लगाउनका लागि केन्द्रको नाम तोकेर पठाउन वडा खोप समन्वय समितिलाई महानगरले पत्राचार गरेको छ। मंगलबारबाट ६० देखि ६४ वर्षका नागरिकलाई भेरोसेल खोप लगाइने भएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जेठ १८ गतेको निर्णयका आधारमा शुक्रबार  जिल्ला स्वास्थ्य कार्यालय र कामपाको शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागबीच बैठक बसेर हरेक वडामा एक÷एक खोप केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ। यही निर्णयका आधारमा वडाको खोप केन्द्र वडाबाट तोक्नका लागि पत्राचार गरिएको हो।

ज्येष्ठ नागरिकका लागि भेरोसेलको पहिलो मात्रा दिन लागिएको हो। सरकारले खोप कार्यक्रमअन्तर्गत पहिलो पटक महामारी नियन्त्रणका लागि अग्रपङ्क्तिमा खटिनेका लागि, त्यसपछि ६५ वर्षदेखि माथिल्लो उमेर समूहका व्यक्तिका लागि र तेस्रोमा १८ देखि ५९ वर्षका व्यक्तिलाई खोप दिएको थियो। 

यसअघि जेठ ११ गतेसम्म वडास्तरमा केन्द्र स्थापना गरेर चलाइएको खोप कार्यक्रमबाट करीब एक लाख व्यक्ति लाभान्वित भएका थिए। 

प्रकाशित मिति: ०७:५८ बजे, शनिबार, जेठ २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्