बागलुङ र बर्दियामा चौथो पटक निषेधाज्ञा
काठमाडौं, जेठ २२ : बागलुङ र बाँकेमा चौथो पटक निषेधाज्ञा थप गरिएको छ। जिल्ला कोभिड संकट व्यवस्थापन समिति बागलुङको बैठकले थप एक साता निषेधाज्ञा गर्ने...
काठमाडौं, जेठ २२ : बागलुङ र बाँकेमा चौथो पटक निषेधाज्ञा थप गरिएको छ।
जिल्ला कोभिड संकट व्यवस्थापन समिति बागलुङको बैठकले थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको बागलुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए। बैठकले यही जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।
उनका अनुसार यसअघि बन्द बैंक तथा वित्तीय संस्था सञ्चालनलाई भने केही खुकुलो बनाइएको छ। अब बैंक तथा वित्तीय संस्था बुधबार र आइतबार बिहान ७ देखि १० बजेसम्म खुला रहनेछन्।
कोरोना संक्रमण र मृत्यु दर नघटेको जनाउँदै बर्दियामा पनि स्थानीय प्रशासनले चौथो पटक निषेधाज्ञा थपेको छ। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै १० दिन जिल्लाभर निषेधाज्ञा थपिएको जनाएको छ। बर्दियामा पनि जेठ महिनाभरी निषेधाज्ञा थपिएको छ।
प्रकाशित मिति: ०७:४८ बजे, शनिबार, जेठ २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











