अमेरिकी राष्ट्रपति ट्रम्प विरूद्ध बलात्कारको आरोप
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरूद्ध बलात्कारको आरोप लागेको छ। सन् १९९० को दशकको मध्यतिर न्युयोर्कको म्यानह्याटनस्थित एउटा डिपार्टमेन्ट स्टोरको ड्रेसिङ रूममा ट्रम....

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरूद्ध बलात्कारको आरोप लागेको छ। सन् १९९० को दशकको मध्यतिर न्युयोर्कको म्यानह्याटनस्थित एउटा डिपार्टमेन्ट स्टोरको ड्रेसिङ रूममा ट्रम्पबाट बलात्कृत भएको इ. जिन क्यारोलले दाबी गरेकी छिन् । राष्ट्रपति ट्रम्प विरूद्ध लगाइएको यो हालसम्मकै गम्भीर आरोप हो।
क्यारोलले सन् १९९४ देखि १९९६ सम्म टेलिभिजन ‘टक शो’ चलाउँथिन् । ‘एल’ मा छापिने उनको स्तम्भ पनि निकै लोकप्रिय थियो । गत शुक्रबार ‘न्यूयोर्क’ पत्रिकामा प्रकाशित एउटा लेखमा ट्रम्पले बलात्कार गरेको क्यारोलले दाबी गरेकी छिन्।
हाल ७५ वर्षिया क्यारोलले सन् १९९५ वा १९९६ मा मिडटाउनस्थित बर्गडोर्फ गुडम्यानमा शपिङ गरिरहेको बेला उक्त घटना भएको बताएकी छिन्।
ट्रम्पले क्यारोलसँग कहिले नभेटेको र आरोप गलत भएको बताएका छन् । ट्रम्प विरूद्ध कम्तिमा पनि १९ जनाले यौन दुव्र्यवहारको आरोप लगाएका छन् । महिलाको गुप्ताङ्ग खुलेआम समातेको भन्दै बयान दिएको ‘टेप’ पनि यस अघि सार्वजनिक भएको छ।
तर लेखमा छापिएको फोटोमा सन् १९८७ को एउटा पार्टीमा दुवै जना सँगै देखिएका छन्।
‘चर्चामा आउन वा किताब बेच्न वा राजनीतिक एजेण्डा बोकेर दुव्र्यवहारको झूटो समाचार बनाउनेलाई धिक्कार छ,’ ट्रम्पले भने, ‘कुनै प्रमाण नभएको कुरा पत्याउनेहरू पनि उस्तै हुन्।’
त्यस्तो घटनाको कुनै भिडियो नभएको डिपार्टमेन्ट स्टोरले पुष्टि गरेको बताउँदै ट्रम्पले बर्गडोर्फ गुडम्यानको प्रशंसा गरेका छन् । उनले भने, ‘किनभने त्यस्तो कहिले भएकै थिएन।’
डिपार्टमेन्ट स्टोरले त्यो समयका कुनै पनि भिडियो ‘टेप’ नभएको भन्ने नबताएको क्यारोलको लेखमा उल्लेख छ । क्यारोलका अनुसार ट्रम्पको दाबी विपरीत बर्गडोर्फ गुडम्यानले टेप अस्तित्वमै नरहेको बताएको छैन।
थुप्रै महिलाले ट्रम्प विरूद्ध यौन दुव्र्यवहारको आरोप लगाए पनि बलात्कारको आरोप लगाउने क्यारोलनै पहिलो व्यक्ति हुन् । ट्रम्पकी पहिलो पत्नि इभानाले सन् १९८० को अन्त्यतिर ट्रम्पले उनको बलात्कार गरेको दाबी गरिन् । तर ‘आपराधिक अर्थ’मा बलात्कार नभनेको उनले पछि स्पष्टीकरण दिइन्।
क्यारोलको कथित बलात्कार भएको समयमा ट्रम्प म्यानह्याटनका ‘रियल इस्टेट मोगुल’ थिए । अभिनेत्री मार्ला मेपल्ससँग उनले दोश्रो विवाह गरिसकेका थिए।
क्यारोलका अनुसार बर्गडोर्फ गुडम्यानबाट बाहिरिने क्रममा ट्रम्प उनी सामु आए र ‘एउटी केटी’का लागि लिनुपर्ने उपहारबारे सल्लाह मागेका थिए । ट्रम्पको अनुरोधबाट ‘मन्त्रमुग्ध’ भएको र उनीसँग पसल घुमेको क्यारोलले बताइन् । केही बेर लुगाफाटो हेरेपछि महिलाको ‘लन्जरे सेक्सन’ जान ट्रम्पले नै सुझाए । उनको आँखा बैजनी रंगको पारदर्शी वस्त्रमा प¥यो । उनले त्यो वस्त्र क्यारोललाई लगाउन भने।
‘हास्यास्पद’ हुने भएकाले उक्त लुगा लगाउन तयार भएको क्यारोलले लेखमा खुलाएकी छिन् । उनीहरू दुवै ‘ड्रेसिङ रूम’तर्फ गए । अहिले सम्झिदाँ त्यो ‘मूखर्ता’ देखि दुखि भएको उनले लेखेकी छिन्।
त्यसपछि जे भयो, त्यसको खत अहिलेसम्म भएको क्यारोलको दाबी छ ।‘ड्रेसिङ रूमको ढोका बन्द गर्नासाथ उनी मतिर झम्टिए । भित्तामा धकेले । मेरो टाउको जोडले ठोक्कियो । उनले मेरो ओंठमा आफ्नो मुख जोडे,’ क्यारोलले लेखेकी छिन्, ‘म छक्क परें । उनलाई पछि धकेलें र फेरि हाँस्न थालें । उनले मेरो दुवै पाखुरा समाते र दोश्रो पटक पनि भित्तातिर धकेले । उनी निकै बलिया थिए । काँधले मलाई भित्तामा च्यापे र हातले मेरो लुगा खोलिदिए।’
दुवैबीच घम्साघम्सी परेको क्यारोलको दाबी छ । ट्रम्पले ‘बिजनेस अटायर – शर्ट, टाइ, सुट ज्याकेट र ओभरकोट’ लगाएको र उनलाई यौन दुव्र्यवहार गरेको उनले बताइन् ।
उनी कहालिएको र एउटा घुँडा उचालेर ट्रम्पलाई धकेल्न सफल भएको उनले बताइन्।
‘म फुत्किएँ, ढोका खोलें र बाहिर भागें,’ लेखमा भनिएको छ।
सबै घटना तीन मिनेटभित्र भएको क्यारोलले बताइन्।
‘म स्टोरको ढोकाबाहिर दौडिएर गएँ । मलाई थाहा छैन कुन ढोका हो । अनि म फिप्थ एभेन्युमा थिएँ,’ उनले भनिन्।
घटनाबारे दुई साथीलाई बताएको क्यारोलको दाबी छ । उनले प्रहरीमा कहिले उजुरी दिइनन् । न्यूयोर्क पत्रिकाले दुवै साथीलाई सोध्दा क्यारोलको बयान सहि पुष्टि भएको छ।
‘उमेरले हो कि, बितेका केही दशकमा कुनै आकर्षक व्यक्ति नभेटेर हो वा ती रियल इस्टेट टाइकुनले लगाएको दागले, भन्न सक्दिनँ,’ उनले लेखेकी छिन्, ‘त्यसपछि मैले कहिले कोहीसँग पनि सेक्स गरिनँ।’
-1776510445.jpg)
-1755950009.png)



-1776510445.jpg)
-1755950009.png)





