ओलीले मन्त्रीमण्डलमा नछुटाएका महासेठ दम्पती
काठमाडौं, जेठ २१ : प्रधानमन्त्री केपी शर्मा ओलीले सधैजसो मन्त्रिमण्डल पुनर्गठन गर्दा रघुवीर महासेठ दम्पतीलाई भने मन्त्री बन्ने अवसर आईरहेको छ ।यसपटक पुनर्गठनमा...
काठमाडौं, जेठ २१ : प्रधानमन्त्री केपी शर्मा ओलीले सधैजसो मन्त्रिमण्डल पुनर्गठन गर्दा रघुवीर महासेठ दम्पतीलाई भने मन्त्री बन्ने अवसर आईरहेको छ ।
यसपटक पुनर्गठनमा पनि यो दम्पती मन्त्रीबिना बस्नु परेन् । केहि बेर अघि महासेठले उपप्रधान तथा परराष्ट्र मन्त्रीको सपथ लिए । रघुवीर मन्त्रिपरिषद्मा भित्रिएसँगै उनकी श्रीमती जुली महतो भने बाहिरिएकी छन्।
महतो महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीबाट बाहिरिएकी हुन् । प्रतिनिधि सभा विघटनपछि माधव नेपाल पक्षमा लागेकी उनी मन्त्री बन्ने भएपछि ओली पक्षमा लागेकी थिइन्। यसअघि प्रधानमन्त्री ओलीको पहिलो मन्त्रिमण्डलमा रघुवीर महासेठ भौतिक पूर्वाधार मन्त्री थिए । उनलाई दोस्रोपटक मन्त्रिपरिषद् पुनर्गठन गर्दा हटाइएका थिए ।
महासेठ २०७४ सालको निर्वाचनमा धनुषा–४ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए। एमाले स्थायी कमिटी सदस्य समेत रहेका महासेठ लामो समयदेखि केपी शर्मा ओली समूहमा थिए।
ओलीले उनलाई भौतिक पूर्वाधार मन्त्रीबाट हटाएपछि उनी माधवकुमार नेपाल पक्षमा लागेका थिए। तर, ओलीले अहिले पनि उनलाई उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्रीको जिम्मेवारी दिए ।











