Kathmandu Press

माधव–झलनाथ समूहले बोलायो स्थायी कमिटीको बैठक

काठमाडौं, जेठ २१ : नेकपा एमाले माधव–झलनाथ समूहले स्थायी कमिटीको बैठक बोलाएको छ ।उक्त समूहको दुई दिने केन्द्रीय कमिटीको बैठकमा उठेका विषयहरुलाई अन्तिम...
माधव–झलनाथ समूहले बोलायो स्थायी कमिटीको बैठक

काठमाडौं, जेठ २१ : नेकपा एमाले माधव–झलनाथ समूहले स्थायी कमिटीको बैठक बोलाएको छ ।

उक्त समूहको दुई दिने केन्द्रीय कमिटीको बैठकमा उठेका विषयहरुलाई अन्तिम रुप दिनका लागि शनिबार स्थायी कमिटीको बैठक बोलाईएको हो ।

बैठकले केपी ओलीसँग सम्झौताहीन संघर्ष गर्ने लोकतान्त्रिक गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको बैठकमा सहभागी नेताहरुले बताएका छन् ।

साथै आगामी बाटो कस्तो तय गर्ने भन्नेबारे केन्द्रीय सदस्यहरुको धारणा मागिएको र यसलाई शनिबार स्थायी कमिटीले अन्तिम रुप दिने बुझिएको छ । 

प्रकाशित मिति: २०:११ बजे, शुक्रबार, जेठ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्