ओलीले रक्षा र गृहसहित सात मन्त्रालय आफ्नै मातहतमा राख्ने

काठमाडौं, जेठ २१ : प्रधानमन्त्री केपी शर्मा ओलीले गृह र रक्षासहितका सात वटा मन्त्रालय आफ्नै मातहतमा राख्ने भएका छन् ।
जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समूह सरकारमा गएसँगै मन्त्रिपरषद् हेरफेर गर्नेक्रममा प्रधानमन्त्री ओलीले सात वटा मन्त्रालय आफ्नै मातहत राख्न लागेका हुन् ।
मन्त्रिपरिषद् हेरफेर गरेका ओलीले रक्षा मन्त्रालय, गृह मन्त्रालय, कृषि मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय र पर्यटन मन्त्रालय हालसम्म अरुलाई जिम्मा दिएनन् ।
जसपाको महन्थ ठाकुर समूह ८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने भएपछि यसअघि ओलीको क्याबिनेटमा भएका चार जनाबाहेक अरु मन्त्री भने बाहिरिने पक्का भएको छ ।
यस्तै ओलीले रघुवीर महासेठ र शेरबहादुर पुनलाई पनि आफ्नो क्याबिनेटमा समावेश गर्न लागेका छन् ।
प्रकाशित मिति: १९:५५ बजे, शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











