Kathmandu Press

चार जनाबाहेक सबै मन्त्रीलाई पदमुक्त गराउने ओलीको तयारी 

काठमाडौं, जेठ २१ : प्रधानमन्त्री केपी शर्मा ओलीले हालको मन्त्रिपरिषदमा रहेका चार मन्त्री बाहेक सबैलाई हटाउने तयारी गरेका छन् ।स्रोतका अनुसार ओली नेतृत्वको...
चार जनाबाहेक सबै मन्त्रीलाई पदमुक्त गराउने ओलीको तयारी 

काठमाडौं, जेठ २१ : प्रधानमन्त्री केपी शर्मा ओलीले हालको मन्त्रिपरिषदमा रहेका चार मन्त्री बाहेक सबैलाई हटाउने तयारी गरेका छन् ।

स्रोतका अनुसार ओली नेतृत्वको मन्त्रिपरिषद्‌मा रहेकामध्ये अब विष्णुप्रसाद पौडेल, कृष्णगोपाल श्रेष्ठ, लीलानाथ श्रेष्ठ र बसन्त नेम्वाङ मात्र दोहोर्‍याउने छन् भने अन्य सबै मन्त्रालयमा नयाँ अनुहार ल्याउने छन् ।

पौडेल अर्थमन्त्री छन्। उनलाई शुक्रबार साँझ नै उपप्रधानमन्त्रीको समेत शपथ गराइने भएको छ। श्रेष्ठ शिक्षामन्त्री हुन् भने लीलानाथ कानून र नेम्वाङ भौतिक पूर्वाधार मन्त्री रहेका छन्। ओलीले आजै अर्थमन्त्री पौडेल, एमाले नेता रघुबीर महासेठ र जसपा नेता राजेन्द्र महतोलाई उपप्रधानमन्त्री बनाउँदैछन्।

ओलीको यो तयारीसँगै एमालेबाट मन्त्री बनेका ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, शिवमाया तुम्बाहाङ्फे, पदमाकुमारी अर्याल, गणेशसिंह ठगुन्ना, जुलीकुमारी महतो, प्रेमबहादुर ओले, पार्वत गुरुङ, भानुभक्त ढकाल पदमुक्त हुने लगभग पक्कापक्की छ ।

प्रकाशित मिति: १८:२९ बजे, शुक्रबार, जेठ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्